Kathmandu Press
सुनुवाइ समितिद्वारा सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन 
सुनुवाइ समितिद्वारा सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन 

काठमाडौं, पुस ४ : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि ६ जना प्रश्तावित व्यक्तिको नाम अनुमोदन गरेको छ।

न्यायाधीशमा सिफारिस सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम बुधबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो।

उनीहरुले राष्ट्रपतिबाट नियुक्ति र शपथ ग्रहण गरेपछि मात्र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा पद बहाली गर्ने छन्। उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिए पनि नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो।

न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो । 

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्