Kathmandu Press

म्यानचेस्टर सिटी विश्वकपको फाइनलमा

मंगलबार राति भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले फाइनलमा स्थान पक्का गरेको हो । साउदी अरबको जद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा म्यानचेस्टरलाई फाइनलमा पुर्‍याउन माटियो कोभासिस र बर्नाडो सिल्भाले एक एक गोल गरेका थिए । 
म्यानचेस्टर सिटी विश्वकपको फाइनलमा

काठमाडौं, पुस ४ : इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले फाइनलमा स्थान पक्का गरेको हो । साउदी अरबको जद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा म्यानचेस्टरलाई फाइनलमा पुर्‍याउन माटियो कोभासिस र बर्नाडो सिल्भाले एक एक गोल गरेका थिए । 

Hardik ivf

१ गोल भने सिटीले उपहार पाएको थियो । सिटीले पहिलो गोल नै उपहार पाएको हो । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा उरावाका मारुस क्रिष्टोफरले आफ्नै पोस्टमा गोल गरेका थिए । ५२ औं मिनेटमा कोभासिसले अग्रता दोब्बर बनाए । उनले केइल वाल्करको पासमा गोल गरेका थिए ।

यसैगरी ५९ औं मिनेटमा सिल्भाले गोल गरेपछि म्यानचेस्टर सिटी ३–० को सहज जितका साथ क्लब विश्वकपको फाइनलमा पुग्न सफल भयो । सिटीले अब शुक्रबार ब्राजिलियन क्ल्ब फ्लुमिनेन्ससँग् खेल्ने छ ।

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्