बालुवाटार जग्गा प्रकरण : गच्छदारसहित ७४ जनाका नाममा १५ दिने म्याद जारी
काठमाडौं, फागुन २३ : बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्....

काठमाडौं, फागुन २३ : बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छादारसहित ७४ जना अभियुक्तको नाममा म्याद जारी गरेको छ।
भ्रष्टाचारतर्फ ११० जना अभियुक्त मध्ये ४४ जना र जग्गा जफतका लागि प्रतिवादी बनाइएका ६५ मध्ये ३० जनाको नाममा म्याद जारी गरेको छ। उनीहरुलाई १५ दिने म्याद जारी भएको विषेश अदालतले जनाएको छ। सरकारी जग्गा हिनामिना गरेको भन्दै गच्छदार, पूर्व मन्त्री चन्द्रदेव जाेशी, पूर्व अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यात, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलगायतलाई अख्तियारले गत माघ २२ गते मुद्दा दायर गरेको थियो। १७५ प्रतिवादी मध्ये ७४ जनाका नाममा म्याद जारी भएको हो।
गत माघ २४ गतेबाट म्याद पठाएको भएपनि अहिलेसम्म एक जनापनि अदालतमा उपस्थित नभएको अदालतको सूचना अधिकारी इन्द्रकुमार खड्काले जनाकारी दिए।











