Kathmandu Press

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो
फाइल

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 

अस्तालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र आजदेखि हिँडडुल गराउन थालिएको जानकारी दिएका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई ठोस आहार पनि दिन थालिएको बताए। ‘प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु समान्य अवस्थामा रहेका छन्,’ उनले भने। 

प्रधानमन्त्री ओलीको बुधबार शिक्षण अस्पतालमा मिर्गौलाको पुनः प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भइरहेको उनले बताए। 
 

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, फागुन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्