आईपिएलको एउटै अक्सनमा २ खेलाडीलाई २० करोडमाथिको बोली, स्टार्क बने महँगा खेलाडी
अस्ट्रेलियान कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.५ करोडमा भित्र्याउँदा अर्का फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइटर्सले २४.७५ करोड खर्चियो।
काठमाडौं, पुस ३ : अहिले दुबईमा इन्डियन प्रियिमर लिग (आईपिएल) सन् २०२४का लागि मिनि अक्सन चलिरहेको छ। आईपिएल इतिहास अहिलेसम्म कुनै पनि खेलाडीमाथि २० करोडमाथिको बोली लागेको थिएन्।
तर, मंगलबार दुबईमा विश्वकप विजेता अस्ट्रेलियाका २ फास्टबरमाथि २० करोडमाथिको बोली लाग्यो।
अस्ट्रेलियान कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.५ करोडमा भित्र्याउँदा अर्का फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइटर्सले २४.७५ करोड खर्चियो।
कमिन्सका हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोसबीच अन्तिमसम्म लडाइँ चलेको थियो भने स्टार्कका लागि कोलकतालाई गुजरात टाइटन्सलै कडा टक्कर दिएको थियो।
योसँगै स्टार्क आईपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेकाछन्। यसअघि आईपिएलमा सर्वाधिक महँगा खेलाडी इंग्लिस अलराउन्डर सामक करन थिए। अघिल्लो सिजन उनलाई पञ्जाब किंग्सले १८.५ करोडमा किनेको थियो।
यस्तै, अहिलेसम्म न्युजिल्यान्डका अलराउन्डर डार्यल मिचेल दोस्रो महँगा खेलाडी बनेका छन्। उनलाई चेन्नईले १४ करोडमा टिमा भित्र्यायो।
हर्षल पटेल अहिलेसम्म मिनि अक्सनका महँगा भारतीय खेलाडी बनेका छन्। उनलाई भित्र्याउन पञ्जाब किंग्सले ११.७५ करोड खर्चियो।












-1765629162.jpg)