Kathmandu Press

‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित 

काठमाडौं, फागुन २३ : कोरोना भाइरसको संक्रमण हुने जोखिमको कारण यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रि....

‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित 

काठमाडौं, फागुन २३ : कोरोना भाइरसको संक्रमण हुने जोखिमको कारण यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज मिति स्थगित भएको छ। 

चलचित्रका निर्देशन सुदर्शन थापाले प्रोडक्सनको तर्फबाट विज्ञप्ती जारी गर्दै अर्को सूचना सार्वजनिक नभएसम्मको लागि चलचित्र प्रदर्शन नगर्ने बताएका छन्। 

Hardik ivf

‘आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

साथै निर्माण समूहले तोकिएको समयमा चलचित्र रिलिज गर्न नसकेकोप्रति क्षमा मागेको छ।चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ। प्रेमकथामा आधारित चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र, सोनिका रोकायालगायत कलाकारलाई देख्न सकिन्छ।

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्