Kathmandu Press

आईपिएल इतिहासकै महँगा खेलाडी बने कमिन्स

आईपिएल सन् २०२४को जारी मिनि अक्सनमा कमिन्समाथि इतिहासकै सर्वाधिक २० करोड ५० लाखेको बोली लागेको हो। उनलाई अक्सनबाट सनराइजर्स हैदरावादले कीर्तिमान रकममा टिममा राखेको हो।
आईपिएल इतिहासकै महँगा खेलाडी बने कमिन्स

काठमाडौं, पुस ३ : अस्ट्रेलियन कप्तान तथा फास्ट बलर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन्।

आईपिएल सन् २०२४को जारी मिनि अक्सनमा कमिन्समाथि इतिहासकै सर्वाधिक २० करोड ५० लाखेको बोली लागेको हो। उनलाई अक्सनबाट सनराइजर्स हैदरावादले कीर्तिमान रकममा टिममा राखेको हो।

Hardik ivf

रोयल च्यलेन्जर्स बैंग्लोरले पनि कमन्सिमाथि चासो देखाएको थियो। उ कमन्सिका लागि २० करोडसम्म दिन तयार थियो। तर, हैदरावादले २० करोड ५० लाख बोली लगएपछि उ पछि हटेको थियो।

यसअघि आईपिएलको सर्वाधिक महँगा खेलाडी इंग्लिस अलराउन्डर साम करण थिए। उनलाई अघिल्लो सिजन पञ्जाब किंगसले १८ करोड ५० लाखमा किनेको थियो।

मिनि अक्सनबाट भारतीय पास्ट बलर हर्षल पटेललाई ११ करोड ७५ लाखमा पञ्जाब किंग्सले किनेको छ। यस्तै, अस्ट्रेलियान ओपनर त्रविस हेडलाई हैदरावादले ६ करोड ८० लाखमा किन्दा राजस्थान रोयल्सले वेस्टइन्डिजका अलराउन्डर रोवमन पावेलका लागि ७ करोड ४० लाख खर्चिएयो।

यस्तै, अक्सनबाट मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका फास्ट लबर जेरार्ड कोइट्जेलाई ५ करोडमा किन्दा मुम्बईले सार्दुल ठाकुरका लागि ४ करोड र न्युजिल्यान्डका ब्याट्सम्यान रचिन रविन्द्रलाई १ करोड ८० लाख खर्चियो।

प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्