Kathmandu Press

एन्फाले इन्द्रमानलाई बनायो सिआईओ

सोमबार बसेको एन्फा कार्यसमिति बैठकले विराेधका बाबजुद इन्द्रमानलाई सीईओ नियुक्त गरेको हो।
एन्फाले इन्द्रमानलाई बनायो सिआईओ

काठमाडौं, पुस २ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वमहासचिव इन्द्रमान तुलाधरलाई नियुक्त गरेको छ।

सोमबार बसेको एन्फा कार्यसमिति बैठकले इन्द्मानलाई सीईओ नियुक्त गरेको हो।

एन्फाको वर्तमान कार्यसमितिको विपक्षमा रहेका इन्द्रमान पछिल्लो केही सयमदेखि पछि एन्फासँग नजिकिएका थिए। शनिबारमात्रै इन्द्रमानले पत्रकार सम्मेलन गरेरै एन्फासँग मिनेर अघि बढ्ने बताएका थिए।

इन्द्रमान २ दशकयता कुनै न कुनै रुपमा एन्फासँग जोडिँदै आएका छन्। गत वर्ष भएको निर्वाचनमा कर्माछिरिङ शेर्पाको प्यानलमा रहेका इन्द्रमान कर्माको पराजयपछि एन्फाबाट बाहिर थिए।

कार्यसमितिमा अल्पमतमा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इन्द्रमानको आगमनसँगै सहज भएको छ। अघिल्लो महिला भएको विशेष साधारणसभामा पंकजविरुद्धको अविश्वासको प्रस्ताव विफल बनाउन इन्द्रमानले विशेष भूमिका खेलेको बताएको छ। अविश्वासको प्रस्ताव दर्ता गर्दा पंकजको विपक्षमा थिए।

एन्फा कार्यसमितिमा इन्द्रमानलाई सिईओ बनाउने निर्णयको विरोध भएको बताइएको छ। केही सदस्यहरुले सिईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने बताएका थिए। तर, विरोधका बाबजुद एन्फाले इन्द्रमानलाई सिईओ नियुक्त गरेको छ।

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्