Kathmandu Press

रित्ता भाँडा देखाएर स्थानीयले भने- ‘मेलम्चीको पानी तुरुन्त खोल’

अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन।
रित्ता भाँडा देखाएर स्थानीयले भने- ‘मेलम्चीको पानी तुरुन्त खोल’

काठमाडौं, पुस २ : मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध सडकमा उत्रिएको छ। काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै गरेको प्रदर्शन प्रहरीले केहीबेरअघि तितरवितर पारेको हो। यसअघि अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र बुझाईसकेको समिति आज तिनकुने क्षेत्रमा सरकारलाई दबाब दिन पुगेको थियो। 

Photo-(26)-1702893895.jpg

उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’ लगायतका नारा लेखेका पोस्टर र पम्प्लेट, रित्तो गाग्री,बाल्टिनलगायतका सामग्री बोकेर प्रदर्शन गरेका थिए। प्रर्दशनमा नेपाल व्यापार संघका अध्यक्ष समेत रहेका व्यवसायी हरि गौतमले १७ अर्ब खर्च गरेर पनि नेपाली जनताले मेलम्चीको पानी खान नपाएको भन्दै आक्रोश पोखे। उनले यो राजनीति नभई पानीको आन्दोलन भएकोले छिटोभन्दा छिटो पानी काठमाडौं आउनुपर्ने बताए। 

Hardik ivf

Photo-(13)(6)-1702893824.jpg

उनले भने, ‘पानी नदिने मेलम्चीको नाममा खाइ रहन पाइन्छ सरकार पाईँन्, हामी मान्दैनौ, नेपाली जनतालाई झुक्काउन पाइन्छ ? मेलम्चीको नाममा १७ अर्ब खर्च गर्ने तर हामीले पानी नपाउने? नेपाल जलस्रोतमा दोस्रो धनी देश हो,यस्तो देशमा पनि पानी नपाउने, हामीलाई हेप्ने, यो राजनीतिको आन्दोलन होइन, पानीको आन्दोलन हो।’  प्रर्दशनमा उत्रिएकाले तीनकुनेको बाटो अवरोध गरेपछि प्रहरीले उनीहरूलाई धकेलेर भीड तितरवितर पारेको हो। 

Photo-(21)-1702893667.jpgअघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन। करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएको,मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स)सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएको तथा मेलम्चीमाथि नै बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौंवासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै आज विरोध र्याली निकालेका हुन्।

Photo-(16)(1)-1702893581.jpg

 

Photo-(5)(15)-1702893485.jpg

Photo-(3)(18)-1702893390.jpg

Photo-(1)(24)-1702893389.jpg

Photo-(12)(5)-1702893376.jpg

Photo-(11)(5)-1702893372.jpg

Photo-(6)(9)-1702893371.jpg

Photo-(7)(9)-1702893365.jpg

Melamchi-water-protest-3-1702893327.jpg

Melamchi-water-protest-4-1702893326.jpg

 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्