‘कोरोनाबारे सरकारको तयारी पुगेन, शिक्षण संस्था तत्काल बन्द गर्नुपर्छ’
काठमाडौं, फागुन २३ : अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट सतर्ककता अपनाउन अनिश्चित कालका लागि....

काठमाडौं, फागुन २३ : अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट सतर्ककता अपनाउन अनिश्चित कालका लागि तत्काल विद्यालय तथा कलेज विदा गर्न सरकारसँग माग गरेका छन्।
विश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम भएको देशमा सुचिकृत गरेको छ। सरकारले उपचार र सतर्कता अपनाउन आह्वान गरे पनि त्यो पर्याप्त तयरी मानेर चित्त बुझाउने स्थिति छैन,’ सहसंयोजक तामाङले भने,‘सरकारले भिडभाड, विवाह, भोज नगर्न भने पनि विद्यालय तथा विश्वविद्यालय अझै सञ्चालन भइरहनु दुविधायुक्त छ।’
उनले कोरोनाको महामारीको सामना गर्न उच्च सतर्कता अपनाउन सरकारसँग माग पनि गरेका छन्। यस महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ, संक्रमितको संख्या पनि उस्तै छ, मानिसहरुमा भय र आतंक व्याप्त रहेको पनि उनले भनेका छन्।तामाङले भने, ‘रोगसँग लड्न सबै प्रकारको सतर्कता र प्रभावकारी उपचारको वातावरण बनाउन सरकार समक्ष अनेरास्ववियू माग गर्दछ। यस महामारीको सामना गर्न सरकारले आवश्यक ठाने अनेरास्ववियू स्वयम सेवक बनेर सरकारलाई सहयोग गर्न तयार रहेको जानकारी गराउँदछौ।’
उनले अनेरास्ववियूका नेता तथा कार्यकर्तालाई विद्यार्थी तथा आम नागरिकमा कोरोनाबारे जनचेतनामुलक सन्देश प्रबाह गर्न र आवश्यक उपचार र सतर्कता अपनाउने कार्यमा खटिन पनि निर्देशन दिएका छन्।











