कोरोनाको त्रास : फिल्म छायाँकन नगर्न निर्माता संघको आग्रह
काठमाडौं, फागुन २३ : नेपाल चलचित्र निर्माता संघले हाललाई कुनै पनि फिल्म छायाँकन नगर्न आग्रह गरेको छ।
संघले हाल छायाँकनमा रहेका र जाने ....

काठमाडौं, फागुन २३ : नेपाल चलचित्र निर्माता संघले हाललाई कुनै पनि फिल्म छायाँकन नगर्न आग्रह गरेको छ।
संघले हाल छायाँकनमा रहेका र जाने तयारीमा रहेका सबै फिल्मको छायाँकन रोक्न आग्रह गरेको हो। कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न भन्दै संघले अर्काे सूचना जारी नभएसम्म सम्पूर्ण फिल्मको छायाँकन रोक्न आग्रह गरेको हो।
‘नेपाल सरकारबाट कोरोना भाइरसको संक्रमणबाट बच्न पारिवारिक जमघट, मेला महोत्सव, जात्रा, पर्व लगायतका कार्यक्रममा सरिक नहुन र स्थगत गर्न अनुरोध भएको हुँदा हामी चलचित्रकर्मीले पनि कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायाँकन भइरहेका फिल्महरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्नो फिल्मको छायाँकन कार्य स्थगित गर्नुहुन सबैमा अनुरोध गर्दछौं।’ विज्ञप्तीमा जनाइएको छ।
हाल छायाँकनरत फिल्म ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायतका केहीलाई चलचित्रलाई निर्माता संघको यस आग्रहले असर पर्ने देखिन्छ।












