Kathmandu Press

टोर्नाडो पीडितलाई गायिका टेलर स्विफ्टको ११ करोड राहत

काठमाडौं, फागुन २३ : अमेरिकाको टेनेसीमा आएको टोर्नाडो पीडितलाई विश्व चर्चित अमेरिकी गायिका टेलर  स्विफ्टले १० लाख अमेरिकी डलर राहत प्रदान गरेकी छ....

टोर्नाडो पीडितलाई गायिका टेलर स्विफ्टको ११ करोड राहत

काठमाडौं, फागुन २३ : अमेरिकाको टेनेसीमा आएको टोर्नाडो पीडितलाई विश्व चर्चित अमेरिकी गायिका टेलर  स्विफ्टले १० लाख अमेरिकी डलर राहत प्रदान गरेकी छन्।

राहत प्रदान गर्नुभन्दा २ दिनअघि उनले ट्वीटरमार्फत साहस र धैर्यताको कामना गरेकी थिइन् । टेलरको घरपनि टेनेसीको नासभेली सहरमा पर्छ।

Hardik ivf

टोर्नाडोका कारण त्यहाँका कयौं बस्तीहरु सखाप भएका छन्। बिहीबार इन्स्टाग्राममा पोष्ट गर्दै स्विफ्टले आफ्ना फ्यान, फ्लोअरहरुलाई सहयोगका लागि आग्रह गरेकी छन्।

उनले अन्य देशका ठूला–ठूला कलाकारहरुलाई समेत सहयोगको आग्रह गरेकी छन्। मंगलबार टेनेसीमा आएको टोर्नाडोका कारण २५ भन्दा बढी ज्यान गएको छ। दजनौं परिवार घरबारविहीन भएका छन्।

प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्