Kathmandu Press

प्रेमध्वजलाई राष्ट्रिय कलाश्री सम्मान

काठमाडौं, फागुन २३ : प्रेमध्वज प्रधानलाई नेपाली कला साहित्य डट कम प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कलाश्री सम्मान प्रदान गरेको छ।

नेपाल पर्य....

प्रेमध्वजलाई राष्ट्रिय कलाश्री सम्मान

काठमाडौं, फागुन २३ : प्रेमध्वज प्रधानलाई नेपाली कला साहित्य डट कम प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कलाश्री सम्मान प्रदान गरेको छ।

नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा बिहीबार प्रधानलाई सम्मान प्रदान गरिएको हो। उनको स्वरमा ‘यो नेपाली शिर उचाली’, ‘घुम्तीमा नआऊ है’, ‘तिमीलाई अचेल कहाँ देखूँ’ नेवारी भाषाको चलचित्र ‘राजमती’मा ‘राजमतीकुमती जीकेवासा पिरती’लगायतका कालजयी रहेका छन्।

Hardik ivf

सम्मान ग्रहण गर्दै गायक प्रधानले नेपाली कला र साहित्यलाई मजबुद बनाउन पर्ने बताए। ‘शब्द, संगीत र गायन एकअर्काका अभिन्न अंग भएकाले यसको सुरुआत कसरी भयो भन्दा पनि विकास कसरी गर्ने भन्ने तिर जोड दिनुपर्छ,’ प्रधानले भने।

एक दशकदेखि नेपाली कला र साहित्य क्षेत्रका योगदान पु¥याएका व्यतित्वलाई यो सम्मान प्रदान गरिँदै आएको छ। समारोहमा कवि एवं संस्कृतविद् तुलसी दिवस र प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ भाषा साहित्य एवं संगीतका अथक साधक तथा कलाक्षेत्रका अभियन्ता गणेश रसिकलाई प्रदान गरे।

त्यस्तै, ७५ हजार राशीको ‘सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ पोखराकी कवि सरस्वती प्रतीक्षालाई प्रदान गरिएको छ भने ५० हजार राशीको ‘बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ रोचक घिमिरेलाई प्रदान गरिएको छ।

यसैगरि इटहरीका कलाशिल्पी विक्रमश्रीलाई २५ हजार राशीको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रदान गरिएको छ। यसै वर्षदेखि स्थापित पद्यनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार संगीतकार शिशिर योगीलाई प्रदान गरिएको छ।

समारोहमा कविता वाचन गरिएको थियो भने संगीतकार एवं गायक शिशिर योगीको प्रस्तुति रहेको थियो।

 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्