Kathmandu Press

एनएसएलबाट बाहिरिने पहिलो टिम बन्यो इलाम, चितवनको सम्भावना पनि कमजोर

शनिबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनसँग गोलरहित बराबरी खेलपछि इलामको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो।
एनएसएलबाट बाहिरिने पहिलो टिम बन्यो इलाम, चितवनको सम्भावना पनि कमजोर

काठमाडौं, मंसिर ३० : स्पोर्टिङ इलाम एफसी जारी दोस्रो संस्करणको नेपाल सुपर लिगबाट बाहिरिने पहिलो टिम बनेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनसँग गोलरहित बराबरी खेलपछि इलामको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो।

७ खेलमा १ जित र १ बराबरीसहित ५ अंक जोडेको इलाम पुछारमा छ। अब उसले लिगको अन्तिम खेलमा जित निकालेपनि चौथो स्थानको काठमाडौं रेसर्जलाई उछिन्न सक्ने छैन। काठमाडौंका ५ खेलमा ८ अंक छ भने अन्तिम खेल जित्दा इलामको पनि ८ अंक नै हुनेछ, हेड टु हेटमा इलाम पछि रहेकाले उ चौथो स्थानमा पुग्न सक्ने छैन।

यता, यो बराबरीले चितवनको पनि प्ले अफको सम्भावना कठीन बनेको छ। ७ खेल नै खेलेको चितवन ६ अंकसहित नै सातौं स्थानमा छ। अब उसलाई प्लेअफ पुग्न अन्तिम खेल जित्नुपर्ने छ भने बुटलब, झापा र काठमाडौंले बाँकी सबैखेल हार्नु पर्नेछ।

शनिबार भएको खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्