Kathmandu Press

रिलिज नहुँदै ‘बागी-३’ले कमायो साढे पाँच करोड

मुम्बई, फागुन २३ : टाइगर श्राफ र श्रद्धा कपूर अभिनित फिल्म ‘बागी–३’ले रिलिज नहुँदै साढे पाँच करोड भारतीय रुपैयाँ कमाएको छ।

रिलिज नहुँदै ‘बागी-३’ले कमायो साढे पाँच करोड

मुम्बई, फागुन २३ : टाइगर श्राफ र श्रद्धा कपूर अभिनित फिल्म ‘बागी–३’ले रिलिज नहुँदै साढे पाँच करोड भारतीय रुपैयाँ कमाएको छ।

भारतीय बक्स अफिसका अनुसार, शुक्रबार बिहानसम्म पाँच करोड ५० लाख भारतीय रुपैयाँ बराबरको एड्भान्स बुकिङ भएको छ। यसले एड्भान्स बुकिङमा कीर्तिमान बनाएको छ।

यो वर्ष बलिउडमा एड्भान्स बुकिङ भएको सबैभन्दा बढी रकम भएको जनाएको छ। यसअघि अजय देवगनको ‘तान्हाजी ः द अनसङ वारियर’ले पाँच करोड १८ लाख भारतीय रुपैयाँ कमाएको थियो।

त्यस्तै, ‘लब आज कल’ले तीन करोड ५४ लाख, ‘स्ट्रिट डान्सर’ले तीन करोड ३९ लाख र ‘शुभ मंगल ज्यादा सावधान’ले तीन करोड १६ लाख एड्भान्स बुकिङमा कमाएको थियो।

यो फिल्मले बागी सिरिजका सबै फिल्मलाई उछिन्ने अनुमान गरिएको छ। ‘बागी–२’ले २५ करोड भारतीय रुपैयाँ कमाएको थियो।

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्