Kathmandu Press

कोरोना असर : धनगढी उपमहानगरका सबै विद्यालय बन्द

धनगढी, फागुन २३ : भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा क्षेत्रको धनगढी उपमहानगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएका छन्।

भारतको....

कोरोना असर : धनगढी उपमहानगरका सबै विद्यालय बन्द

धनगढी, फागुन २३ : भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा क्षेत्रको धनगढी उपमहानगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएका छन्।

भारतको दिल्लीबाट दैनिक आवतजावत हुने र सीमा क्षेत्र भएकाले सतर्कताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको धनगढीका मेयर नृप वडले बताए।

नगरपालिकाले शुक्रबार बिहान शिक्षा क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको थियो। सबैले शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएपछि उपमहानगरले फागुन २५ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरले सूचना प्रकाशित गरी धनगढी उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदाकिय तथा संस्थागत विद्यालय अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जनाएको छ। विद्यालयको पठनपाठन तथा परीक्षा पनि रोकिने भएका छन्।

त्यस्तै, उपमहानगरले सभा, सम्मेलन, वार्षिकोत्सव तथा भीडभाड हुने क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, फागुन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्