Kathmandu Press

टि–२० सिरिजका लागि नेपालालाई नामिबियाको प्रस्ताव

काठमाडौं, फागुन २३ : नामिबियाले नेपाललाई टि–२० सिरिजका लागि प्रस्ताव गरेको छ। आईसीसी विश्वकप लिग २ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय ....

टि–२० सिरिजका लागि नेपालालाई नामिबियाको प्रस्ताव

काठमाडौं, फागुन २३ : नामिबियाले नेपाललाई टि–२० सिरिजका लागि प्रस्ताव गरेको छ। आईसीसी विश्वकप लिग २ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज नामिबियामा हँदैछ।

त्रिदेशीय सिरिजमा घरेलु टोली नामिबियासँगै नेपाल र स्कटल्याण्ड रहने छन्।

विश्वकप छनोटको पहिलो चरणको रुपमा रहेको लिग-२ को सातौं चरणको सिरिज अप्रिल २० देखि २७ सम्म चल्नेछ।

सिरिजमा हरेक टिमले दुई खेल खेल्ने छन्। खेलको तालिका भने सार्वजनिक भएको छैन।

तर, घरेलु टोली नामिबियाले लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज अघि नेपाल र स्कटल्याण्डसँग टी-ट्वान्टी अन्तर्रा्ष्ट्रिय सिरिज समेत खेल्ने चाहना व्यक्त गरेको छ।

टी-ट्वान्टी सिरिजका लागि नामिबियाले नेपाल र स्कटल्याण्डलाई प्रस्ताव गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिब अशोकनाथ प्याकुरेलले एकदिवसीय सिरिज अगाडी टी-ट्वान्टी सिरिजका लागि नामिबियाले प्रस्ताव गरेको खेलपाटीलाई जानकारी गराए।

'नामिबियाले टी-ट्वान्टी अनतराष्ट्रिय सिरिजको लागि नेपाललाई प्रस्ताव गरेको हो,’ क्यानका सचिब प्याकुरेलले भने, 'विश्वकप लिग-२ खेल्नु अघि टी-ट्वान्टी अनतराष्ट्रिय सिरिजको लागि प्रस्ताव गरेको छ।’

नामिबियाले प्रस्ताव गरेपनि टी-ट्वान्टी सिरिज हुने नहुने तय भइनसकेको उनले बताए।

'स्कटल्याण्ड र नेपालले आईसीसीसँग छलफल गर्दा अनुमति पायौं भने टी-ट्वान्टी सिरिज खेल्ने छौं,’ प्याकुरेलले थपे,’टी-ट्वान्टी सिरिज खेल्ने भएमा नेपाली टिम तोकिएको समय भन्दा चाँडै नामिबिया जानेछ।’

आईसीसी विश्वकप लिग-२ मा ७ राष्ट्र सहभागी रहेका छन्। हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । जसमा अंक तालिकाको शीर्ष तीनमा अटाउने राष्ट्रले एक दिवसीय विश्वकपको छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने छ।

तालिकाको शीर्ष तीनमा स्थान नबनाउने राष्ट्रले विश्वकप छनोटको लागि प्लेअफ खेल्नु पर्ने छ।

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्