Kathmandu Press

एनएसएल : झापासँग रोकियो ललितपुर, गुमायो शीर्ष स्थानमा उक्लने मौका

लिगको छैठौैं खेलमा शुक्रबार साँझ दशरथ रंगशालामा झापा एफसीसँग गोलरहित बराबरी खेलेपछि ललितपुरले धनगढी एफसीलाई उछिन्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको हो।
एनएसएल : झापासँग रोकियो ललितपुर, गुमायो शीर्ष स्थानमा उक्लने मौका

काठमाडौं, मंसिर २९ : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)मा लतिलपुर सिटी एफसीले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।

लिगको छैठौैं खेलमा शुक्रबार साँझ दशरथ रंगशालामा झापा एफसीसँग गोलरहित बराबरी खेलेपछि ललितपुरले धनगढी एफसीलाई उछिन्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको हो।

खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। पहिलोमा झापाले उत्कृष्ट खेल पस्किँदै ललितपुरमाथि दबाब बनाएको थियो भने दोस्रो हाफमा लतिलपुर हावी भएको थियो।

६ खेलमा १० अंक जोड्दै ललितपुर दोस्रो स्थानमै यथावत रहँदा चौथो बराबरी खेलेको झापा समान खेलबाट ७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, मंसिर २९, २०८०
थप समाचार
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै