Kathmandu Press

भारतलाई स्तब्ध बनाउँदै बंगलादेश यू–१९ एसिया कपको फाइनलमा, उपाधिका लागि युएईसँग खेल्ने

शुक्रबार दुबईमा भएको खेलमा भारतलाई ४ विकेटले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो।
भारतलाई स्तब्ध बनाउँदै बंगलादेश यू–१९ एसिया कपको फाइनलमा, उपाधिका लागि युएईसँग खेल्ने

काठमाडौं, मंसिर २९ : बंगलादेश युएईमा जारी यू–१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार दुबईमा भएको खेलमा भारतलाई ४ विकेटले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि युएईसँग खेल्ने छ। युएई आजै भएको अर्को सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले हराउँदै फाइनल पुग्ेको हो।

Hardik ivf

पहिला ब्याटिङ गर्दै भारतले दिएको १८९ रनको मध्यम लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। उसका लागि अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए। उनले ९० बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, अहरार अमिनले १०१ बलमा ४४ रन बनाए। अमिनले इस्लामसँग चौथो विकेटका लागि १४० रनको महत्वपूर्ण साझेदारी गरे। यही साझेदारीले बंगलादेशलाई फाइनल पु¥यायो।

त्यसअघि भारत ४२.४ ओभरमा १८८ रनमै अलआउट भयो। उसका लागि मुरुगान अभिशेक र मुसीर खानले अर्धशतकीय योगदान दिए। अभिवेशले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए भने खानले ६१ बलमा ५० रन बनाए।

यी दुईले सातौं विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, प्रियंशु मोलियाले १९ रन बनाउँदा सचिन दासले १६ रन बनाए।

भारतलाई सस्तैमा रोक्ने क्रममा बंगलादेशका मरुफ मरिधाले ४ तथा रोहनात बोर्सनले २ विकेट लिए।

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्