Kathmandu Press

पाकिस्तान बाढी : हालसम्म १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते 

कराँची, असोज २ : पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको...
पाकिस्तान बाढी : हालसम्म १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते 

कराँची, असोज २ : पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी  घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन्। देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८ व्यक्तिको मृत्यु भएको बताइएको छ । 

Hardik ivf

त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृत्यु भएको जनाइएको छ ।यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएका र  नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ।

यस मौसमी वर्षा र बाढीकोकारण  १२ हजार सात सय ३५ किलोमिटर लामो सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्