Kathmandu Press

कारबाहीका क्रममा अल–सेबाबका ४३ लडाकु मारिए

सोमालिया, असोज २ : मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको बताइएको छ। सोमाली...
कारबाहीका क्रममा अल–सेबाबका ४३ लडाकु मारिए

सोमालिया, असोज २ : मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको बताइएको छ। 

सोमाली राष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । अल–सेबाबका लडाकाले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा यहाँको सेनाले गएराति हवाई कारबाही गरेको थियो।

उक्त कारबाहीका क्रममा शनिबार राति ती लडाका मारिएका यहाँको राष्ट्रिय रेडियो, एसएनए रेडियोले जनाएको छ ।एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–सेबाबका लडाकाहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना यहाँको सूचना मन्त्रालयले प्राप्त गरेपछि यहाँको सेनाले सो आक्रमण गरी कारबाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाका मारिएको बताइएको छ।

त्यस कारबाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाका घाइते भएका पनि बताइएको छ ।यहाँको सरकारले आतङ्ककारी घोषणा गरेको सो अल सेबाब समूहका विरुद्धमा सोमालियाको सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारबाही थालेको छ।

सो कारबाही यहाँको सेनाले यहाँका केही सामुदायिक समूहहरुसँग मिलेर गरेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल सेबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ। सो क्षेत्रमा उनीहरुको बढी मात्रामा प्रभाव रहेकाले सरकारले यस क्षेत्रमा हमला गर्ने गरेको बताइएको छ।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्