Kathmandu Press

एमालेको राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरू हुँदै

काठमाडौं, मंसिर १० : नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ।तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले...
एमालेको राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरू हुँदै

काठमाडौं, मंसिर १० : नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले मूल आयोजक कमिटीले जनाएको छ। उद्घाटन समारोहमा पाँच लाख जना सहभागी गराउने एमालेको योजना रहेको छ।

Hardik ivf

महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुने एमालेले जनाएको छ।

जसमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका छन्। त्यत्तै, २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि पनि आएका छन्।

मंसिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ। त्यहि दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ।

मंसिर १२ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने एमालेले जनाएको छ। मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, मंसिर १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्