Kathmandu Press

प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

काठमाडौं, मंसिर ६ : पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ।नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराएको हो। यही मंसिर...
प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

काठमाडौं, मंसिर ६ : पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ।

नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराएको हो। यही मंसिर २७ देखि पुस ५ गतेसम्म हुने प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिस्पर्धा हुने र भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र एक अन्तरसरकारी प्रतिस्पर्धा हुने सेनाले जनाएको छ।

Hardik ivf

प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइनेछ। प्रतियोगिताका खेलहरू आर्मी अफिसर्स क्लबको दुईवटा कोर्ट र दशरथ रंगशालाका दुई कोर्टमा हुनेछन्।

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेल खेलाइने नेपाली सेनाले जनाएको छ। खेलाडीहरूले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने जनाइउको छ। 

खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०÷५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ। भेट्रानतर्फ भने एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको विजेताले २५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, मंसिर ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्