Kathmandu Press

प्रिमियर लिग : म्यान्चेस्टर सिटी र टोटनहम विजयी

काठमाडाैं, मंसिर ६ : म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा एभर्टनलाई ३–०ले हराउँदै सिटी दोस्रो स्थानमा...
प्रिमियर लिग : म्यान्चेस्टर सिटी र टोटनहम विजयी

काठमाडाैं, मंसिर ६ : म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा एभर्टनलाई ३–०ले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो।

इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले गोल गरे ।सिटीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

Hardik ivf

सिटीले ४४औं मिनेटमा अग्रता लियो । जोआ क्यान्सेलोको पासमा स्टर्लिङले गोल गरेपछि सिटीले पहिलो हाफमा १–०को अग्रता लियो । ५५औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। ८६औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई जित दिलाए।

यसैगरी आइतबार राति नै भएको खेलमा टोटनहमले लिड्समाथि पुनरागमन जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा टोटनहमले १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ जित निकाल्यो।

टोटनहमको मैदानले लिड्सले ४४औं मिनेटमा ड्यानिएल जेम्सको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा टोटनहमले पुनरागमन गर्दै दुई गोल फर्कायो। एमिल होजवर्गले ५६औं र ६९औं मिनेटमा सर्जियो रेगुइलोनले गोल गरेपछि टोटनहम विजयी भयो।

जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको १२ खेलबाट २६ अंक पुगेको छ । सिटी शीर्षस्थानको चेल्सीभन्दा ३ अंकले पछि छ । तेस्रो स्थानको लिभरपुलको २५ अंक छ । पराजित एभर्टन १५ अंक जोडेर ११औं स्थानमा रहेको छ । जितपछि १२ खेलबाट १९ अंक जोड्दै टोटनहम सातौं स्थानमा उक्लेको छ भने लिड्स १२ खेलबाट ११ अंकसहित १७औं स्थानमा छ ।

प्रकाशित मिति: ०९:५५ बजे, सोमबार, मंसिर ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्