Kathmandu Press

एमाले महाधिवेशनका लागि उपत्यकाका तीन जिल्लाबाट चुनिए ८२ प्रतिनिधि (नामावलीसहित)

काठमाडौं, कात्तिक २९ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवनमा हुँदैछ। सो महाधिवेशनका लागि गत शनिबार देशैभरि प्रतिनिधि...
एमाले महाधिवेशनका लागि उपत्यकाका तीन जिल्लाबाट चुनिए ८२ प्रतिनिधि (नामावलीसहित)

काठमाडौं, कात्तिक २९ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवनमा हुँदैछ। सो महाधिवेशनका लागि गत शनिबार देशैभरि प्रतिनिधि छनोट कार्य सम्पन्न भइसकेको छ। कहाँकहाँबाट कोको  र कतिकति प्रतिनिधि छानिए भन्ने चासोको विषय बनिरहेको छ। 

यसैबीच काठमाडौं उपत्यकाका तीन जिल्लाबाट एमालेको आसन्न राष्ट्रिय महाधिवेशनका लागि ८२ प्रतिनिधि छानिएका छन्। तीमध्ये काठमाडौं जिल्लाका ४३, भक्तपुरबाट २१, ललितपुरबाट १८ र उपत्यका विशेष प्रदेश कमिटीबाट ५ जना छन्।

केन्द्रीय नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि एमालेले स्वतः प्रतिनिधि हुनेबाहेक १९९९ महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।

Hardik ivf

काठमाडौंबाट खुलातर्फ  गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी,उद्दव भण्डारी,पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल,विदुरविक्रम खड्का,नवराज भट्टराई, दीपक निरौला प्रतिनिधिका रूपमा चयन भएका छन्।

खुलातर्फ नै चुनिएका प्रतिनिधिमा नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित,योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुयाँल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ,विद्यासुन्दर शाक्य, डा. अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल छन्।

त्यसैगरी महिलातर्फ शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले, विन्दु महर्जन महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ  एकजना चुनिन बाँकी रहेको जनाइएको छ।

भक्तपुरमा खुलातर्फ शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, बचन देउजा, वासुदेव थापा, शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ महाधिवेशन प्रतिनिधि बनेका छन्। महिलातर्फ बिना बास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला र उत्तरा नेपाल छानिएका छन्। दलितबाट दीपक विसुङ्खे पनि प्रतिनिधि बनेका छन्। 

ललितपुरबाट एमाले महाधिवेशन प्रतिनिधि चयन हुनेमा खुलातर्फ नवराज सिलवाल, मधुसूदन पौडेल, चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा सञ्जेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण व्यञ्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का र रघुनाथ महर्जन छन्।  महिलातर्फ मन्जरी शाक्य र कमला थापा छन्। दलितबाट दिनेश अछामी चुनिएका छन्।

उपत्यका विशेष प्रदेश कमिटीबाट खुलामा समीर नेपाल, कविन्द्रशेखर रिमाल र मोहन रेग्मी तथा महिलामा बिन्दिया कार्की र भवानी दाहाल महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन्। 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, कात्तिक २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्