Kathmandu Press

‘ओखरको काठको तिहारघडी’ 

‘भाइटीकालाई लक्षित गरेर घडीको पछाडिको काठको खाली भागमा ग्राहकको इच्छा अनुसार ‘प्यारो दादा’, ‘प्यारोभाइलाई तिहारको शुभकामना’, ‘मिस यु दिज्यु’ लगायत लेख्ने गरेका छौँ। मानिसको भावना व्यक्त भएकाले यो घडी धेरै रुचाइएको छ। 
‘ओखरको काठको तिहारघडी’ 
Hardik ivfHardik ivf

ओखरमा फोरिदिएँ बाधाहरु मैले।
जता पनि पुग दाजै घामभन्दा पैले।
निधारमा लर्काएर सप्तरंगी टिको। 

(रचना : दिनेश अधिकारी। संगीत : शम्भुजित बाँस्कोटा। स्वर : हेमलता। चलचित्र : विजय पराजय।)

तिहार पर्वसँग गाँसिएको छ, ओखर। योसँगै यसका विभिन्‍न फाइदा पनि छन्। यसबाहेक ‘ओखर स्टोर’ले ओखरको काठका विभिन्‍न घडी ल्याएको छ।   

भाइटीका नजिकिँदै गर्दा कतिपय दिदीबहिनीको मनमा दाजुभाइलाई के उपहार दिने भन्‍ने  अन्योल हुन सक्छ। यदि यसो हो भने, तपाईंको अन्योल ओखर स्टोरले मेटाउँदै छ। यसपालि तपाईंं ओखर स्टोरबाट घडी खरिद गरेर दाजुभाइलाई उपहार दिन सक्नुहुन्छ। 

‘भाइटीकालाई लक्षित गरेर घडीको पछाडिको काठको खाली भागमा ग्राहकको इच्छा अनुसार ‘प्यारो दादा’, ‘प्यारोभाइलाई तिहारको शुभकामना’, ‘मिस यु दिज्यु’ लगायत लेख्ने गरेका छौँ,’ ओखर स्टोरका संस्थापक प्रकाश दाहाल भन्छन्, ‘मानिसको भावना व्यक्त भएकाले यसलाई निकै रुचाइएको छ।’

तिहारमा ओखरको विशेष महत्व हुने भएकाले यसैलाई नै लक्षित गरेर गत वर्षको तिहार (२०७७) देखि उक्त घडी नेपाली बजारमा ल्याइएको दाहाल बताउँछन्। 

‘तिहारमा ओखरको विशेष महत्त्व हुने भएकाले यसैलाई लक्षित बनाएर ओखरको रूखको काठबाट बनेको घडी नेपाली बजारमा ल्याएका हौँ,’ दाहाल भन्छन्, ‘विदेशतिर पनि यसको प्रयोग भएको देखेको थिएँ।’

नेपाली ब्रान्ड, चिनियाँ कच्चा पदार्थ

दाहालका अनुसार, वातावरणमैत्री र दिगो प्राकृतिक उत्पादनको अवधारणाबाटै ओखर स्टोरको स्थापना भएको हो। नेपाली प्रडक्टका रूपमा रहेको यस घडीका लागि आवश्यक कच्चा पदार्थ भने चीनबाट ल्याइन्छ। ‘अहिलेसम्म हामीले कुनै पनि नेपाली कच्चा पदार्थ प्रयोग गर्न सकेका छैनौँ। यहाँको कच्चा पदार्थ प्रयोग गर्दा ठुल्ठूला मेसिन पनि ल्याउनुपर्छ र बढी खर्च लाग्छ। त्यसैले चीनबाट सामग्री ल्याइरहेका छौँ। बिस्तारै स्वदेशी कच्चा पदार्थको प्रयोगका लागि सोचिरहेका छौँ,’ दाहालले भने, ‘घडीका लागि आवश्यक सामग्री (जस्तै: दम, समय देखिने डायल, सुई, सिसा, डायलको केस, भित्रपट्टि बस्‍ने मिसिन, ब्याक कभर, काठ चेन आदि) ल्याएर नेपालमै प्रोफेसनल वाच मेकरले त्यसलाई जोडेर घडीको फाइनल लुक तयार पार्छौं।’

ओखरका काठका अन्य उत्पादन

ओखर स्टोरमा अहिले प्रकाशसहित ६ कर्मचारी कार्यरत छन्। यहाँ ओखरको काठबाट बनेको घडी मात्र नभई चस्मा, चस्माको बट्टा, मोबाइल कभर, नर्स वाच, कानमा लगाउने झुम्का लगायत सामग्री उपलब्ध छन्। यी उत्पादनमध्येको एक नर्स घडीको छुट्टै विशेषता छ। नर्सले आइसियु वा अस्पतालमा धातुको सामग्री प्रयोग गर्न नमिल्ने, कुनै प्रकारको गरगहना वा धातुको घडी प्रयोग गर्न नमिल्ने भएकाले उनीहरूका लागि काठबाट बनेको हलुका खालको (९ ग्रामको) लुगामा झुन्डाउन मिल्ने घडी ल्याएको उनी बताउँछन्। यसको मूल्य दुई हजार चार सय ५० रुपैयाँ छ।

बजार

एक वर्षको अन्तरालमा मिश्रित ग्राहक ‘ओखर स्टोर’मा आउने गरेका छन्। अहिलेसम्म ठ्याक्कै यही उमेर समूह वा वर्गले यो उत्पादन मन पराएको छ भनी भन्‍न सकिने अवस्था छैन। ‘काठमाडौंको हकमा भने हाम्रो उत्पादन खरिद गर्ने ग्राहकमध्ये नेवार समुदायका अलि बढी देखिएका छन्। साथै युवादेखि वृद्धवृद्धाले समेत उक्त घडी प्रयोग गरेका छन्। कतिपय विदेशमा बसिरहेका नेपालीले नेपालमा रहेका आफन्त र साथीभाइका लागि समेत अर्डर गर्ने गरेका छन्,’ दाहाल भन्छन्, ‘तिहारमा दाजुभाइ र दिदीबहिनीका लागि समर्पित घडीमा लेखेजस्तै अन्य भावना (जस्तै: प्यारो बाबा, साथी, ओम नम: शिवाय, माया आदि) लेख्‍ने गरेका छौँ। त्यसैले यसका ग्राहक विभिन्‍न छन्।’ 

यो घडी काठले मात्र बनाउँदा केही कमजोर हुने भएकाले पछिल्लो समय यसमा केही धातु पनि मिसाएर बजारमा ल्याइँदैछ। नेपालमा मात्र नभई अस्ट्रेलिया, अमेरिका, कोरिया लगायत देशमा समेत निर्यात हुँदै आएको छ। 

‘हामी अझ केही बलियो र वाटर प्रुफ घडी ल्याउँदै छौँ,’ उनी भन्छन्। 

योजना

यतिखेर भने स्टोरमा ‘काष्‍ठमण्डप’ नामक मोडलको घडी मात्र उपलब्ध छ। जसमा महिला र पुरुषका लागि डार्क र लाइट रंगको गरी चार प्रकारका घडी छन्। तिहारलगत्तै दुईवटा नयाँ मोडल बजारमा ल्याउने तयारीमा रहेको प्रकाशले जानकारी दिए। अहिले भएको मोडलको घडीलाई ‘काष्‍ठमण्डप’ नाम दिनुको पछाडि पनि कारण छ। ‘काठमाडौं वसन्तपुरमा काठैकाठबाट बनेको काष्‍ठमण्डप छ। यो घडी पनि काठले बनेकै कारण यसको नाम काष्‍ठमण्डप राखिएको हो,’ उनी भन्छन्, ‘यसको मूल्य ५ हजार नौ सय ५० छ। सबैका लागि यो मूल्य किफायती नहुने भएकाले कस्ट घटाएर तिहारलगत्तै ३ देखि ४ हजार रुपैयाँ पर्ने नयाँ मोडल पनि ल्याउने योजनामा छौँ।’ 

तिहार लगत्तै मुर्चुंगा र काला पत्थर नामक घडी बजारमा ल्याउन लागेको उनले बताए। नेपालको एक बाजाबाट प्रभावित भएर मुर्चुंगा घडीको नामकरण गरिएको हो। अर्को घडीमा नेपालीपन झल्किने गरी कालापत्थर नाम राखिएको हो। मुर्चुंगा घडी तीन हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म मूल्यमा खरिद गर्न सकिन्छ। कालापत्थरको मूल्य ६ हजार ५ सयदेखि ७ हजारसम्म रहनेछ।

यस्तै, ओखर स्टोरले अहिले हरेक घडी बिक्रीसँगै एउटा रूख रोप्‍ने अभियान सुरु गरेको छ। साथै बजार राम्रो भए नयाँ प्रकारका उत्पादन समेत बजारमा ल्याउने योजनामा उनी छन्। 

ग्राहकले डब्लुडब्लुडब्लु डट ओखर स्टोर डट कममा गएर विभिन्‍न प्रकारका घडी र सोको मूल्य हेर्न तथा अनलाइन अर्डर दिन सक्छन्। साथै, सामाजिक सञ्‍जालमा ओखर स्टोरको पेज र यसको नम्बर ९८६०११३८२६ मा सम्पर्क गरी सबै जानकारी प्राप्त गर्न सकिन्छ।

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्