Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

काठमाडौं, कात्तिक १३ : काठमाडौं महानगरपालिका १५ डल्लु धुम्बाखेलबाट प्रहरीले २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ। कालिकोट तिलगुफा नगरपालिका...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

काठमाडौं, कात्तिक १३ : काठमाडौं महानगरपालिका १५ डल्लु धुम्बाखेलबाट प्रहरीले २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ। कालिकोट तिलगुफा नगरपालिका ११ घर भएका ३१ वर्षीय नारायण शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। 

किशोरीलाई शाहीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

Hardik ivf

पर्सा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका २१ का ३८ वर्षीय जाहिर अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। वीरगंज महानगरपालिका ८ बाट बिहीबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उच्च शिक्षाको लागि वीरगंज आएकी ती किशोरीलाई जाहिरले आफ्नो परिचय ढाँटी अविवाहित रहेको भन्दै झुक्यानमा पारी प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटकपटक करणी गरी अश्लील फोटो र भिडियो खिची गत असोज २७ गते उक्त फोटो र भिडियो देखाई डरत्रास देखाई पुनः जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्