Kathmandu Press

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखराबाट दुई पक्राउ

कास्की, कात्तिक ९ : प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखराबाट दुई पक्राउ

कास्की, कात्तिक ९ : प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

Hardik ivf

पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै उक्त स्थानबाट पीडित महिलाको उद्धार गरेर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ गरेका उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्