Kathmandu Press

लोकतन्त्रलाई संकटबाट बचाउन एकताबद्ध हुनुपर्छ : वरिष्ठ नेता पौडेल

महेन्द्रनगर, कात्तिक ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई संकटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।कञ्चनपुरको बेलौरीमा...
लोकतन्त्रलाई संकटबाट बचाउन एकताबद्ध हुनुपर्छ : वरिष्ठ नेता पौडेल
Hardik ivfHardik ivf

महेन्द्रनगर, कात्तिक ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई संकटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गरे। उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए। उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका थिए। पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए।

उनले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको औल्याए। बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए।

प्रकाशित मिति: १८:५६ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्