Kathmandu Press

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, कात्तिक ६ : बारा र सुर्खेतबाटअवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वाबाट करिब ७ केजी अवैध लागूऔषध चरेश सहित पर्सा पोखरीया...
अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, कात्तिक ६ : बारा र सुर्खेतबाटअवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वाबाट करिब ७ केजी अवैध लागूऔषध चरेश सहित पर्सा पोखरीया नगरपालिका–४ सतवरिया बस्ने ४१ वर्षीया लालसा देवीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी देवीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट करिब २।५ केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा रोक्न खोज्दा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका व्यक्तिले बोकेको बोरा फालेर फरार भएपश्चात प्रहरीले बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ भुरेली बस्ने २८ वर्षीय खिम बहादुर बुढालाई करिब ८ ग्राम ८ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्