Kathmandu Press

शृंखलाबद्ध चोरीमा संलग्न पक्राउ

काठमाडौं, कात्तिक ६ : काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१...
शृंखलाबद्ध चोरीमा संलग्न पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक ६ : काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कमललाई नगद र ढोका फोड्न प्रयोग गर्ने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १६:५० बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्