Kathmandu Press

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

७,२५३ जनामा गरिएको पिसिआर परीक्षणबाट ५७४ र २,१२३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं, कात्तिक ५ : पछिल्लो २४ घन्टामा देशभरिमा ७०८ जना कोरोना संक्रमित थपिएका छन्।

७,२५३ जनामा गरिएको पिसिआर परीक्षणबाट ५७४ र २,१२३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०८,०९६ जनामा र एन्टिजेन परीक्षणबाट ९३,९०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ९३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८५,८१३ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३३७ पुगेको छ।

अहिले देशभरिमा १०,९९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १०,११६ जना होम आइसोलेसनमा र ८३० जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २७९ जनाको आईसियुमा उपचार भइरहँदा ९१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्