प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेट
प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाबीच शुक्रबार भेटवार्ता भएको छ।
काठमाडौं, कात्तिक ५ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाबीच शुक्रबार भेटवार्ता भएको छ ।
जंगीअड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा राजदूत अरुणातिलकाबीच भेट भएको हो । भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।
प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार