Kathmandu Press

मक्का मदिनाका दुवै मस्जिद खोल्दै साउदी अरेबिया

साउदी अरेबियाले मक्का मदिनाका दुवै मस्जिद भक्तजनका लागि खुला गर्ने निर्णय गरेको छ ।
मक्का मदिनाका दुवै मस्जिद खोल्दै साउदी अरेबिया
Hardik ivfHardik ivf

रियाद, असोज ३० : साउदी अरेबियाले मक्का मदिनाका दुवै मस्जिद भक्तजनका लागि खुला गर्ने निर्णय गरेको छ ।

दुवै मस्जिदमा भौतिक दूरीको नियम पनि हटाइने भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार दुवै मस्जिद पूर्ण क्षमताका साथ खुला गर्न लागिएको हो ।

तर, कोभिड–१९ विरुद्ध दुवै डोज खोप लगाएका भक्तजनले मात्र मस्जिदमा प्रवेश पाउने छन् । मास्क प्रयोगलाई पनि अनिवार्य गरिएको छ ।

कोरोना प्रसार रोक्न साउदी अरेबियाले आफ्ना सबै धार्मिक स्थल बन्द गरेको थियो ।

गृह मन्त्रालयका अनुसार कोभिड–१९ सँग जोडिएका प्रतिबन्धहरू खुकुलो बनाउने नीति अवलम्बन गरिएको छ । खोपका दुवै डोज लिएका मानिसका लागि सभा सम्मेलनमा सहभागी हुन पनि खुला गरिएको छ ।

दुवै डोज लगाएका मानिसलाई सभा सम्मेलनमा मास्क प्रयोगमा खुकुलो बनाउने नीति पनि साउदी सरकारले लिएको छ । तथापि, कोभिड ट्रेसिङ एपबाट निगरानी गर्ने सरकारको नीति छ ।

ट्रेसिङ एपबाटै सार्वजनिक स्थल, यातायातका साधन, रेस्टुराँ, सिनेमा हललगायतमा निगरानी गरिने भएको छ । ती सबै स्थल पूर्ण क्षमताका साथ खुला गरिने भएको छ । साउदी अरेबियाको ६७ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्ध खोप प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्