Kathmandu Press

दुर्गा भवानीको आराधना गर्दै महानवमी मनाइँदै

बिहीबार आश्विन शुक्ल नवमी। नवरात्रको अन्तिम दिन। देशभरका शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा आराधना गर्दै मनाइँदै छ।
दुर्गा भवानीको आराधना गर्दै महानवमी मनाइँदै

काठमाडौं, असोज २८ : बिहीबार आश्विन शुक्ल नवमी । नवरात्रको अन्तिम दिन । देशभरका शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा आराधना गर्दै मनाइँदै छ ।

घटस्थापनामा राखिएका जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गर्छ । दशैंघर र कोतलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

Hardik ivf

शाकाहारीहरूले महानवमीमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटासहितको नरिवल बलि दिने चलन छ ।

मार्कण्डेय पुराणअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज नामक राक्षसको बध गरेकी थिइन् । सोहीका कारण महानवमीलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन पनि छ ।

महानवमीका अवसरमा कोतहरूमा कोत र निशान पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेकहरूमा बाजागाजासहित जंगी निशान पूजा गर्ने चलन छ।

प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, असोज २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्