Kathmandu Press

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो ।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं, असोज २७ : नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो ।

सन् १९९३ देखि सुरु भएको साफमा नेपाल फाइनलमा पुगेको यो पहिलो हो । खेलको ७९ औँ मिनटमा पेनाल्टी एरियाबाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएका थिए । त्यही घटना नेपालको फाइनलसम्मको यात्राका लागि सहयोगी सिद्ध भएको हो ।

Hardik ivf

८८औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालका लागि अन्जन विष्टले निर्णायक गोल गरेका थिए । यसअघि खेलको नवौं मिनटमा बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ । बंगलादेश भने चार अंकमै सीमित बनेको छ । र, प्रतियोगिताबाट बाहिरिएको छ ।

यससँगै नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ। माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो। 

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो। मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए। नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए। फाइनल खेल आगामी शनिबार राति हुनेछ। 

प्रकाशित मिति: २१:३८ बजे, बुधबार, असोज २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्