Kathmandu Press

२४ घन्टामा देशभरि थपिए ३६५ कोरोना संक्रमित, ४ जनाको मृत्यु

३,६७१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३२६ र १,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घन्टामा देशभरि थपिए ३६५ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, असोज २७ : पछिल्लो २४ घन्टामा देशभरिमा ३६५ जना कोरोना संक्रमित थपिएका छन्।

३,६७१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३२६ र १,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०३,८७८ जनामा र एन्टिजेन परीक्षणबाट ९३,२५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ६०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७८,३५० पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२६१ पुगेको छ।

अहिले देशभरिमा १४,२६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १३,१७२ जना होम आइसोलेसनमा र १,०९५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी ३१५ सजनको आईसियुमा उपचार भइरहँदा १०७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्