Kathmandu Press

साफ च्याम्पियनसिपमा माल्दिभ्सको लगातार दोस्रो जित

काठमाडौं, असोज २४ : साफ च्याम्पियनसिप २०२१ मा घरेलु टिम माल्दिभ्सले श्रीलंकालाई १-० ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आज मालेस्थित...
साफ च्याम्पियनसिपमा माल्दिभ्सको लगातार दोस्रो जित

काठमाडौं, असोज २४ : साफ च्याम्पियनसिप २०२१ मा घरेलु टिम माल्दिभ्सले श्रीलंकालाई १-० ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

आज मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा उनले गरेको गोल बन्यो।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले त्यसपछि बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सले दुई जितपछि ३ खेलबाट ६ अंक जोडेको छ । नेपालले लगातार दुई खेल जित्दै ६ अंक जोडिसकेको छ।

तीन हार र एक बराबरीपछि श्रीलंकाले भने जम्मा एक अंक मात्र जोड्न सक्यो । आजै राती ९ः ४५  नेपाल र भारत भिड्दैछन् । आजको खेल जितेमा नेपालले एक खेल अघि नै फाइनल यात्रा तय गर्नेछ । 

प्रकाशित मिति: २०:१२ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्