आजबाट खुले काठमाडौं महानगरका विद्यालय (तस्बिरहरु)
काठमाडौं, असोज १० : कोरोना भाइरसको महामारीका कारण वैशाखबाट बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालय आजदेखि खुलेका छन्।स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने महानगरले निर्णय...
काठमाडौं, असोज १० : कोरोना भाइरसको महामारीका कारण वैशाखबाट बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालय आजदेखि खुलेका छन्।
स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने महानगरले निर्णय गरेपछि आजदेखि पठनपाठन हुन लागेको हो। महानगरको विद्यालय खोल्ने निर्णयले अभिभावकमा भने चिन्ता थपिएको छ ।
दशैंको मुखमा विद्यालय सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने उनीहरुको चिन्ता छ। काठमाडौं महानगरले भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न विद्यालयलाई निर्देशन दिएको छ।
केही विद्यालय यसअघि नै सञ्चालन भइसकेका छन्। बाँकी विद्यालय पनि आजबाट सञ्चालनमा आउनेछन्।
अन्य धेरै स्थानीय तहले पठनपाठन सञ्चालन गरिसकेका छन्। जोखिम रहेका केही स्थानमा मात्रै विद्यालय बन्द रहेका छन्।
प्रकाशित मिति: १२:५९ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार