Kathmandu Press

२४ घण्टामा ९५३ संक्रमित थपिँदा १,३७१ जना संक्रमणमुक्त, ६ को मृत्यु

काठमाडौं, असोज ९ : पछिल्लो २४ घण्टामा देशभर ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १० हजार ५७९ जनामा...
२४ घण्टामा ९५३ संक्रमित थपिँदा १,३७१ जना संक्रमणमुक्त, ६ को मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, असोज ९ : पछिल्लो २४ घण्टामा देशभर ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । 

संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ। 

यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्।
 

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्