Kathmandu Press

दोलखामा ४० वर्षमाथिका सबैलाई खोप दिन सुरू

दोलखा, असोज ६ : दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई...
दोलखामा ४० वर्षमाथिका सबैलाई खोप दिन सुरू
Hardik ivfHardik ivf

दोलखा, असोज ६ : दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा  यस पटक   भेरोसिल खोप लगाउन लागिएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई  खोप उपलब्ध गराइने जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको यही असोज ४ गते बसेको बैठकले आजदेखि ११ गतेसम्म जिल्लाका सबै पालिकाका खोप केन्द्रमार्फत खोप लगाउने निर्णय भएको थियो।

चीनसँग सिमाना जोडिएको जिल्लाको गौरीशङ्कर र विगु गाउँपालिका सबै नागरिहरुलाई चीनले खोप उपलब्ध गराउने भएपछि सहज भएको छ। ती गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइएको छ भने १८ वर्ष पूरा भएका खोप लगाउन बाँकीलाई सरकारी कागजातसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन पालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ। 

कालीञ्चोक  र मेलुङ गाउँपालिकामा आजदेखि ८ गतेसम्म, विगु र वैतेश्वर गाउँपालिकामा ७ देखि ९ गतेसम्म, तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा ८ देखि १० गतेसम्म, जिरी र भीमेश्वर नगरपालिकामा १० गते र शैलुङ गाउँपालिकामा ९ देखि ११ गतेसम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। 

लक्षित वर्गअन्तर्गत १८ वर्ष पूरा भएका सबै विद्यार्थीलाई समेत खोप लगाइन छुटेका विद्यार्थीहरुलाई उमेर खुल्ने सरकारी कागजसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको छ। यसअघि प्राप्त खोप लक्षित वर्गअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायीहरु, जनप्रतिनिधि, सरसफाइकर्ता तथा सवारी चालकहरुलाई लगाई सकिएको छ। 

पछिल्लो समय जिल्लाकासङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ। जिल्लामा १०१ सक्रिय सङ्क्रमित छन् भने तीन हजार ४६० निको भइसकेको छ। जिल्लामा आठ पुरुष र पाँच महिला गरी १३ को ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्