काठमाडौं उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित

काठमाडौं, असोज ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५६४ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ५,२२६ रहेको छ।

तीमध्ये काठमाडौंमा २,९२९, भक्तपुरमा ९२७ र ललितपुरमा १,३७० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 Published Date: Wednesday, 22nd September 2021 4:55:00 pm