कर्णाली करिडोरका दुई खण्डमा ट्र्याक खोल्ने जिम्मा सेनालाई
सल्लीसल्ला–सिमीकोट खण्डको दुल्लीकुनादेखि लालीबगरसम्मको सात किलोमिटर र लैपु बद्रीगाउँदेखि मुक्काखोलासम्म १३.५ किमिको ट्र्याक निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले गरेको हो ।
काठमाडौं, असोज ५ : सरकारले कर्णाली करिडोर सडकका दुईवटा खण्डमा ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।
मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यसअन्तर्गत् सल्लीसल्ला–सिमीकोट खण्डको दुल्लीकुनादेखि लालीबगरसम्मको सात किलोमिटर र लैपु बद्रीगाउँदेखि मुक्काखोलासम्म १३.५ किमिको ट्र्याक निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले गरेको हो ।
यस्तै, ‘कोभिड–१९ व्यवस्थापन आदेश, २०७८’ सरकारले स्वीकृत गरेको छ । र, सरकारले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार