Kathmandu Press

दुईवटा विधेयक संघीय संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले दुई वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
दुईवटा विधेयक संघीय संसदमा पेश गर्ने सरकारको निर्णय
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : सरकारले दुई वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ संघीय संसदमा पेश गर्ने निर्णय सरकारले गरेको हो ।

संघीय संसदलाई सरकारले बिजनेस नदिएको आरोप प्रमुख प्रतिपक्षी दल एमालेले लगाइरहँदा मन्त्रिपरिषद्को उक्त निर्णय सार्वजनिक भएको हो ।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्