Kathmandu Press

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं, असोज ५ : झापाको बिर्तामोड नगरपालिका २ चारपानेस्थित सडकमा को ४ प ६८९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कन्काई नगरपालिका ९ घैलाडुब्बा बस्ने...
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं, असोज ५ : झापाको बिर्तामोड नगरपालिका २ चारपानेस्थित सडकमा को ४ प ६८९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कन्काई नगरपालिका ९ घैलाडुब्बा बस्ने २० वर्षीय सुमन थापाको मंगलबार मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै रुपन्देहीको ओमसतीया गाउँपालिका ४ पननीस्थित सडकमा लु.६१ प १९८१ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकल पछाडी सवार मर्चवारी गाउँपालिका ६ बस्ने ६५ वर्षीया नजरु निसाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

उक्त मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्