Kathmandu Press

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

काठमाडौं, असोज ५ : राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ। राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल...
राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ। राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन्।

प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो। विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ।

त्यसअघि नेकपा ९एमाले०का सांसद देवेन्द्र दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकन्त्रलाई कमजोर बनाएको आरोप लगाएका थिए। उनले बाढीपहिरो एवं प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध नगराएकामा आपत्ति प्रकट गरे। राष्ट्रियसभाको अर्को बैठक १५ मिनेटपछि बस्नेछ।  
 

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्