Kathmandu Press

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, भदौ ३१ : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज  थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र...
सुदूरपश्चिममा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

सुदूरपश्चिम, भदौ ३१ : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज  थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार चार जनाको नमूना परीक्षण गर्दा ३१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

तीमध्ये २३ जनामा पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा सात र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच, कैलालीका दुई र डडेल्धुराका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।  

गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका ४० वर्षीया महिला रहेकी छन्। यसअघि बुधबार सुदूरपश्चिमका ५२ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ डिस्चार्ज भएका थिए। 

प्रकाशित मिति: २०:२० बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्