Kathmandu Press

दर्शकको मन जित्दै ‘डम्फूको ताकधिन तालैमा’ (भिडियो) 

काठमाडौं, भदौ ३० : प्रवासी सर्जकद्धय अगम गुरुङ र जीवन गुरुङकृत नेपाली तामाङ सेलो गीत ‘डम्फूको ताकधिन तालैमा’ले विस्तारै दर्शकको मन जित्दै गएको...
दर्शकको मन जित्दै ‘डम्फूको ताकधिन तालैमा’ (भिडियो) 
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३० : प्रवासी सर्जकद्धय अगम गुरुङ र जीवन गुरुङकृत नेपाली तामाङ सेलो गीत ‘डम्फूको ताकधिन तालैमा’ले विस्तारै दर्शकको मन जित्दै गएको छ ।

प्रवासीभूमि अमेरिकामा बसेर सिर्जना क्रममा क्रियाशील गीतकार तथा संगीतकार अगम गुरुङको शब्द तथा संगीत सिर्जना रहेको प्रस्तुत गीतमा अमेरिकामै रहेका गायक जीवन गुरुङले आवाज दिएका छन् । आदिवासी जनजातिको संस्कृति झल्काउने प्रस्तुत गीतको चलदृश्यमा पनि तामाङ जातिको संस्कृतिलाई झल्काउने प्रयत्न गरिएको पाइन्छ ।

चर्चित कलाकार जयनन्द लामा, डोमा योल्मोसंगै नेपालमा विगत दुई दशकदेखि गीतसंगीतमा सक्रिय गायक, नृत्यनिर्देशक तथा कलाकार इन्द्र गुरुङ र नवनायिका अनु तामाङले मुख्य भुमिकामा अभिनय गरेका छन् ।  

बाबु जिम्बाले निर्देशन गरेको म्यूजिक भिडियोको सम्पादन आशिष जिम्बाले गरेका हुन । बुलाकी इन्टरटेन्टमेन्टबाट बजारमा आएको गीतमा सकारात्मक टिप्पणीहरु धेरै आएको कलाकार इन्द्र गुरुङले बताएका छन् ।

प्रकाशित मिति: २१:०३ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा