Kathmandu Press

लुम्बिनी फुटसललाई अल्फा बिटा थिटाको साथ

लुम्बिनी फुटसललाई अल्फा बिटा थिटाको साथ

कास्की, भदौ ३० : पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको रुपन्देहीको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिङक प्रालि (लिनिङ)को साथ पाएको छ।

अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा थिटा मुख्य प्रायोजक र विश्वस्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकका रुपमा लुम्बिनीसँग जोडिएका हुन् । 

सम्झौतामा लुम्बिनी फुटसल प्रालिका प्रज्वल श्रेष्ठले अल्फा बिटा थिटाका कार्यकारी निर्देशक मिजेस श्रेष्ठ र लिनिङका बजार व्यवस्थापक कृतराज महर्जनले आज हस्ताक्षर गरे।

Hardik ivf

सम्झौतानुसार अल्फा बिटा थिटाले लुम्बिनीलाई चार लाख रुपैयाँ प्रदान गर्नेछ। लुम्बिनीले लिगमा अल्फा बिटाको प्रतीक चिह्नाङ्कित जर्सी लगाउने छ। 

यस्तै लिनिङले  लुम्बिनी फुटसललाई रु दुई लाख बराबरको जर्सीलगायत खेल पोशाक उपलब्ध गराउने छ। पोखराको बहुद्देश्यीय कभर्ड हलमा उक्त लिग आगामी असोज २ गतेदेखि सञ्चालन हुनेछ। लिगमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला फुटबल टोली उज्वेकिस्तानमा 
    
एएफसी वुमन एशियन कप, २०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेको छ। नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको तास्कन्द पुगेको हो ।

तास्कन्दमा नेपाली टोलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। परीक्षण रिपोर्ट नआउँदासम्म नेपाली टोली होटलमै आइसोलेशनमा बस्ने छ। टोलीका मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स रहेका छन्।  

नेपाल समूह ‘एफ’मा छ। सो समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग आगामी असोज २ गते तथा असोज ५ गते हङकङसित खेल्नेछ। सो समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ। नेपाली टोलीमा अञ्जना राना मगर, अञ्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी र दीपा राई छन्।

यस्तै टोलीमा गीता राना, हीरा भुजेल, इन्द्रा राई, मञ्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह रहेका छन्। 
 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्