Kathmandu Press

एमाले फुटाएर नेपालले अर्को पार्टी बनाउँदैमा चिन्ता लिनुपर्दैन : विष्णु पौडेल

बुटवल, भदौ ३० : एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालले एमाले विभाजन गरेर अर्को पार्टी बनाउँदैमा चिन्ता लिनुनपर्ने बताएका छन्।नेपालले खोलेको पार्टी नेकपा...
एमाले फुटाएर नेपालले अर्को पार्टी बनाउँदैमा चिन्ता लिनुपर्दैन : विष्णु पौडेल

बुटवल, भदौ ३० : एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालले एमाले विभाजन गरेर अर्को पार्टी बनाउँदैमा चिन्ता लिनुनपर्ने बताएका छन्।

नेपालले खोलेको पार्टी नेकपा एकीकृत समाजवादीलाई स्वार्थीहरुको झुन्ड बताउँदै उनले आउने चुनावमा सो पार्टीले एउटा पनि सिट जित्न नसक्ने दाबी गरे।

Hardik ivf

आज (बुधबार) रुपन्देहीको बुुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी विभाजनका पछाडि कुनै सैद्धान्तिक वैचारिक कारण नभएको उल्लेख गरे।

‘महाकाली सन्धिलगायत राष्ट्रियताका मुद्दाका कारण २०५४ सालको एमाले विभाजन सिद्धान्तमा आधारित थियो,’ उनले भने,  ‘तर यो विभाजनमा कुनै एजेन्डा छैन।’

नेता पौडेलले दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले केही गर्न नसक्ने भनी टिप्पणी गरे।

सर्वोच्चले एमाले र माओवादीलाई साबिकको स्थितिमा पुर्‍याउने फैसलापछि पनि तत्कालीन नेकपालाई पुनः एकताबद्ध बनाउन खोजे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालहरु कांग्रेसको पछि लाग्दा सम्भव नभएको जिकिर उनले गरे।

उनले आगामी चुनावमा एमालेले आफ्नो तागत देखाउने र फेरि पहिलो पार्टी बनेर आउने जिकिर गरे।

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्